Logo
Logo

विष सेवन घटना : तीन सन्तानपछि आमाको पनि मृत्यु

शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य


2.7k
Shares

काठमाडौं । धनुषाको सहीदनगर नगरपालिका–५ मा विष सेवन गरेका तीन सन्तानपछि आमाको पनि मृत्यु भएको छ ।

विष सेवनपछि उपचारका लागि रामजानकी अस्पताल पु¥याइएकी ९ महिनाकी गर्भवती ३० वर्षीया पविता कुमारी साहको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । पविताको उपचारको क्रममा आज बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

पविताले विष सेवन गरेपछि शल्यक्रिया गरेर निकालिएका शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेकाे अस्पतालका सञ्चालक मिथलेश साहले जानकारी दिए । गएको सोमबार पवितासहित उनका एक छोरा र दुई छोरीलाई विष सेवनपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।

सोही दिन उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भयो । तर, पवितालाई भने भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफैं पनि सेवन गरेको खुलेको छ ।

पविताले विष सेवन गरेको मााइतीपक्षले परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइत पक्षले भने शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप लगाएका छन ।

प्रतिक्रिया दिनुहोस्