Logo
Logo

सभामुखको अपिल : असन्तुष्टिका आवाज बढ्यो, यथासम्भव कानुन बनाऔं


1.1k
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानून बनाउन अपिल गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको छैटौं अधिवेशन सुरु भएको अवसरमा संसदमा संक्षिप्त सम्बोधन गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताए ।

संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै उनले संसदमा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहना अनुरूप निर्णयहरू लिइने उल्लेख गरे ।

उनले प्रतिनिधि सभाको आजदेखि सुरु भएको बजेट अधिवेशनसरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानून निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे । संसदको प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुखको भनाइ छ ।

‘संसदको मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानून निर्माण गर्नु नै हो । समयमा नै कानून बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ,’ उनले भने ।

प्रतिनिधि सभाको छैटौं अधिवेशनमा नीति तथा कार्यक्रम र बजेटका बीच पनि शिक्षा, निजामती लगायतका महत्वपूर्ण विधेयकलाई अघि बढाउन क्यालेन्डरमा समय सुरक्षित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्