काठमाडौं । त्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले देशमा व्यवस्था मात्रै परिवर्तन नभई अवस्था पनि परिवर्तन भएको बताएका छन् । आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिने गरी धेरै परिवर्तन भएको जिकिर गरे ।

उनले भने, ‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन । व्यवस्था सँगसँगै अवस्थामा पनि ठुलो परिवर्तन भएको हामीले महसुस गरेका छौँ ।’
उनले संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश नेपालमा खोजेर सम्भव नहुने बताए ।
‘तथ्याङ्कले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढङ्गले हेर्यौँ भने निश्चय पनि यो हामीले देख्न सक्छौँ,’ घिमिरेले भने, ‘संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला ।’











