Logo
Logo

राजसंस्था पुनस्थापनाको सपना नदेखे हुन्छ : श्याम घिमिरे


567
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले राजसंस्था पुनस्थापनाको अभियान बोकेर हिँड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ । शुक्रवार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताए ।

साथै, कांग्रेसले चिना टिप्पण नहेर्न पनि आग्रह गरेको छ । उनले भने, ‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने सपना नदेखे हुन्छ । चिना टिप्पण नहेरे हुन्छ । त्यसका लागि गरेका सम्पूर्ण टिप्पणी व्यर्थ हुनेछन् ।’

नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन आवश्यक नभएको उनले बताए । 

उनले भने, ‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अडान नछाडेको नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन पर्दैन ।  नेपाली कांग्रेसले आफ्नो मार्गचित्र त्यसै बदलिएको हैन । नेपालको राजतन्त्रको अभिषप्त इतिहासलाई उल्ट्याएको मात्रै हो ।’

राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकाङ्क्षाले आज मुलुकलाई गणतन्त्रमा पुर्‍याएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्