Logo
Logo

पहुँचको आधारमा नभई आवश्यकताको आधारमा बजेट छुट्ट्याउनु रास्वपाको आग्रह


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का कार्यबाहक सभापति तथा प्रतिनिधिसभा सदस्य डीपी अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनलाई आधार बनाए सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनु पर्ने बताएका छन् ।

आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रवारको बैठकमा बोल्दै अर्यालले सरकारलाई बजेट निर्माणमा विभिन्न सुझाव दिएका हुन् ।

उनले भने, ‘शिक्षा, स्वास्थ्यमा अधिक बजेट खर्च हुन्छ, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनले सबैभन्दा बढी सार्वजनिक आकर्षण तय गर्छ । यी पाँच कुरालाई आधार बनाएर बजेट बनाउन सरकारलाई सुझाव दिन्छ । नीति तथा बजेटले उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरण, उद्योग र लगानी प्रवर्द्धन, सामाजिक न्याय र समावेशिताजस्ता क्षेत्रलाई पनि समेट्नुपर्छ ।’

कुशासनकै कारण बजेटको आकार बढाउन सकिने अवस्था नरहेको भन्दै उनले बजेट विनियोजनमा देखिँदै आएको विकृति रोकिनु पर्ने बताए ।

आवश्यकता होइन, पहुँचको आधारमा बजेट छुट्ट्याउने, शक्तिशाली नेताको जिल्ला र क्षेत्रमा बजेट खन्याउने, स्थानीय र प्रदेश सरकारले गर्न सक्ने काममा पनि सङ्घीय सरकारले बजेट छुट्टाउने तथा कार्यकर्ता पोस्ने उद्देश्यमा अनुत्पादक क्षेत्रमा कनिका छर्ने गलत अभ्यासको पूर्ण नियन्त्रण ल्याउन आवश्यक रहेको अर्याले बताए । रास्वपाले बजेट निर्माण गर्दा सन्तुलित, व्यवहारिक र दीर्घकालीन सुधारमुखी नीति अवलम्बन गर्न पनि सरकारलाई सुझाएको दिएको छ । 

प्रतिक्रिया दिनुहोस्