- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)
गएको वर्ष नोभेम्बरमा भारतले आफ्नो राज्यहरुको पुनःसंरचना गर्ने क्रममा नेपालको पश्चिमी सीमा कालीबारीका भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो मानचित्रमा समाविष्ट गरेपश्चात नेपाल–भारत सम्बन्ध दोबाटोमा उभिएको छ ।
नेपाल र नेपालीको स्वभिमान र सार्वभौमसत्तालाई नै चुनौती दिने भारतको यस कदममाथि नेपालले चोटिलो प्रहार गर्दै सन् १८१६ को ब्रिटिस भारत (इस्ट इन्डिया कम्पनी) र नेपालबीचको सन्धिअनुसारको नेपालको पूर्ण भूभागसहितको नयाँ नक्सा प्रकाशित ग¥यो । त्यो नक्सा नेपालको संसद्बाट पारित मात्र भएन, निशान छापसमेत परिवर्तन ग¥यो । अहिलेको परिस्थिति भनेको एउटै भूभाग नेपाल र भारत दुवै देशको मानचित्रमा समाविष्ट छन् । नेपालले त भारतले कब्जा गरिरहेको पूर्ण भूभागसहितको आफ्नो मानचित्र प्रकाशित ग¥यो, त्यो स्वभाविक हो । तर भारत भने शक्तिको आडमा विगत ६०÷७० वर्षदेखि नेपालको भूमिमाथि कब्जा जमाएर त्यसलाई वैधानिकता दिन उद्यत छ ।
प्रधानमन्त्री ओलीद्वारा नेपाल–भारत सम्बन्धबारे व्यक्त विचारहरु कपोलकल्पित न भएर नेपालमाथि भारतीय थिचोमिचोका परिणाम हुन् । भारतीय प्रधानमन्त्री मोदीले पुरातात्विक दृष्टिकोणले प्रमाणित बुद्धको जन्मस्थानबारे भ्रम फैलाउने काम गरेका छन् । त्यस्तोमा प्रधानमन्त्री ओलीद्वारा रामको जन्म नेपालमा भएको भन्दा भारतका सत्ताधारी वर्गलाइ चोट पुगेको छ । किनभने, बाबरी मस्जिद रामजन्मभूमि आन्दोलनका कारणले नै भारतीय प्रधानमन्त्री मोदी सत्तामा पुग्न सफल भएका हुन् ।
यही विषयलाई लिएर भारतको आफ्ना छिमेकीहरुमाथि थिचोमिचो गर्ने नीतिका कारण नेपाल–भारत सम्बन्ध जटिल मोडमा पुगेको छ । यस्तोमा प्रधानमन्त्री केपी शर्मा ओली भारतप्रति आक्रोशित हुनु स्वाभाविक हो । यसबीचमा प्रधानमन्त्री ओलीबाट केही निम्न मन्तव्यहरु आए ।
जेठ ६ गते संसद्मा नेपाल सरकारको नीति कार्यक्रममा जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने– ‘भारतको एउटा प्रतिक चिह्न छ, भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह । चारतिर फर्किएको सिंह भारतको प्रतीक चिह्न छ ।’
‘त्यसको मुनि ‘सत्यमेव जयते’ लेखिएको हुन्छ । ‘सत्यमेव जयते’ भारतको चिह्नमुनि छ, विश्वासचाहिँ म गर्छु । म सोध्नेवाला छु भारतलाई ‘सत्यमेव जयते’ कि सिंह जयते ? सिंहमेव जयते कि सत्यमेव जयते ?’ “दुईटै लेखेको छ । मास्तिर सिंह छन्, चारमुखे तल्तिर सत्यमेव जयते छ । त्यसकारण म विश्वास गर्छु, नेपाल विश्वास गर्छ, हामी सबै विश्वास गर्छौँ सत्यमेव जयते ।’ त्यस्तै उनले अर्को प्रसंगमा भने– ‘अहिलेसम्म हेर्दा वुहानबाट संक्रमित भएर आएको कोरोना भाइरस अलि नरम देखिएको थियो, इटलीबाट आएको पनि अलि नरमै देखिएको थियो, दुबईबाट आएको पनि अलिक नरमै देखिएको थियो । तर, भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ ।’
त्यस्तै मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई विगतमा जस्तै भारतले आफूलाई पदबाट हटाउन खोजिएको दाबी गर्दै भनेका थिए– ‘दिल्लीका सञ्चारमाध्यमहरूलाई सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ । यहाँका होटलमा भइरहेका गतिविधिहरू त्यसले पनि देखाउँछ । एम्बेसीको सक्रियता त्यसले पनि बताइरहेको छ ।’
फेरि उनले भारतको सांस्कृतिक अतिक्रमणको उदाहरण दिँदै भने– ‘हामी अहिले पनि ठानिरहेका छौँ, हामीले भारतका राजकुमार रामलाई सीता दियौँ । भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौँ ।’ ‘अयोध्या भनेको वीरगञ्जभन्दा अलिकति पश्चिमतिरको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन ।’
त्यस्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्तिका लागि न्यूनतम सात वर्षको समयसीमामा सत्ताधारी नेकपाले आफ्नो अडान राखेअनुसार नै हाल संसद्को एउटा समितिले नयाँ नागरिकता विधेयक पारित गरेबाट पनि चिढिएको मानिन्छ र नेपालका प्रधानमन्त्री र काठमाडौँस्थित एक कूटनीतिक व्यक्तिमाथि भारतीय निजी समाचार च्यानलहरूद्वारा गरिएको एक कपोलकल्पित अभद्र टिप्पणी प्रसारित गरेपश्चात्त नेपालले ती च्यानलमाथि लागाएको प्रतिबन्धले पनि भारत रिसाएको मानिन्छ ।
प्रधानमन्त्री ओलीद्वारा नेपाल–भारत सम्बन्धबारे व्यक्त विचारहरु कपोलकल्पित न भएर नेपालमाथि भारतीय थिचोमिचोका परिणाम हुन् । भारतीय प्रधानमन्त्री मोदीले पुरातात्विक दृष्टिकोणले प्रमाणित बुद्धको जन्मस्थानबारे भ्रम फैलाउने काम गरेका छन् । त्यस्तोमा प्रधानमन्त्री ओलीद्वारा रामको जन्म नेपालमा भएको भन्दा भारतका सत्ताधारी वर्गलाइ चोट पुगेको छ । किनभने, बाबरी मस्जिद रामजन्मभूमि आन्दोलनका कारणले नै भारतीय प्रधानमन्त्री मोदी सत्तामा पुग्न सफल भएका हुन् ।
नेपाल–भारत सीमा समस्या पहिलेको इष्टइण्डिया कम्पनी र पछि भारतको नेपालमाथि कायम अर्धऔपनिवेशिकताको कारणबाट पैदा भएको समस्या हो । यो सुगौली सन्धिदेखि आजसम्म नेपालमाथि निरन्तररूपले जारी अर्धऔपनिवेशताद्वारा सिर्जित एवं् जटिल बनाइएको समस्या हो । नेपालको भूमि मात्र अतिक्रमित भएको छैन– रक्षा, विदेशनीति, अर्थतन्त्र, राजनीति र संस्कृति सबै सबै क्षेत्रहरू अतिक्रमित भएका छन् । ब्रिटिस इण्डियाकालीन अवधिदेखि अहिलेसम्म सुगौलीसन्धि जस्ता अनगिन्ती सन्धिहरू, सम्झौताहरू, पत्रहरू र सुरक्षा सहयोग सम्झौता आदिबाट नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई खुम्च्याइएको तथा खण्डित गरिएको छ । यो अवस्थामा लिम्पियाधुरा, कालापानी र लिपुलेक नक्सामा सामेल गरेपछि सबै कुरा ठीक हुनेछ भन्ने सोच्नु महाभूल हुन्छ । त्यसपछि पनि अनगिन्ती बाधाहरू, जस्तो सन् १९५० को नेपाल र भारतबीचको सन्धि, सन् १९६५ को नेपाल र भारतबीच सुरक्षा सहयोगको सम्बन्धमा भएको सम्झौता आदि जिउँदै रहेसम्म भारतसितको सीमा समस्या समाधान हुन सक्दैन । यी एक अर्कासित यसरी गुजुल्टिएका छन् कि, तिनीहरूको हल प्याकेजमै खोज्नुपर्छ । त्यसैले हामीले सन् १८१५ सम्म नेपालको अधिनमा रहेका भूभागहरूमाथिको दाबीलगायत नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताका विरुद्धमा रहेका सन्धिहरू, सम्झौताहरू र पत्राचारहरू खारेज गर्ने र नयाँ आधारहरूमाथि नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ रूपबाट अगाडि बढाउने प्रस्तावका साथ भारतसित वार्ताको आह्वान गर्नुपर्छ । पुराना आधारहरूमाथि आधारित सम्बन्ध दुवै मुलुकहरूका निम्ति फलदायी हुन सक्दैन भन्ने कुरा इतिहास एवम् परिणामहरूले प्रमाणित गरिसकेको कुरालाई भारतले गम्भीररूपले लिन ढिला गर्नु हुँदैन ।
नेपालले अब भारत, चीन वा विश्वका अन्य कुनै पनि मुलुकसँग सम्बन्ध राख्दा आफ्नो शिर झुकाएर होइन उठाएर मित्रतापूर्ण सम्बन्ध राख्नु पर्दछ । भारतले अब रोटीबेटीको आडमा नेपालको भूसम्पदामाथि कब्जा जमाउने नीति त्यागेर दुवै देशका जनताहरू समृद्ध हुने बाटोमा लाग्नुपर्दछ । अनि मात्र नेपाल–भारत सम्बन्धले नया उचाइ प्राप्त गर्नेछ । सामाजिक सञ्जालमा अत्यन्त सक्रिय भारतीय प्रधानमन्त्री मोदीको नेपाल–भारत सम्बन्धबारे रहस्यमय मौनता अर्थपूर्ण छ ।
Twitter:@rmshghimire