Logo
Logo

एमएडब्लु सञ्चालकको दादागिरी : ८ महिनादेखि जीप कब्जामा


10.4k
Shares

काठमाडौं । एमएडब्लु इन्टरप्राइजेजका सञ्चालक विष्णुकुमार अग्रवालमाथि एक उपभोक्ताको डेढ करोड मूल्य बराबरको गाडी ८ महिनादेखि कब्जा गरेर फिर्ता नगरेको गम्भीर आरोप लागेको छ ।

शुक्रवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पीडित निरज केसीले आफूले २०८१ असोज १७ गतेदेखि आफ्नो जीप कम्पास (बा २५ च २६६२) गाडी कम्पनीले सेवा दिने नाममा लिएर अहिलेसम्म नदिएको बताएका हुन् ।

उनका अनुसार असोज १२ र १३ गते काठमाडौंलगायतका क्षेत्रमा परेको वर्षाका कारण घरमा पार्किङ गरिएको गाडीमा सामान्य मात्रामा पानी पसेको थियो । त्यसको जानकारी कम्पनीलाई दिइएपछि एमएडब्लुको अधिकृत सर्भिस सेन्टर ‘लाइफ अटो मोबाईल, बसुन्धरा’ का कर्मचारीहरूले गाडी लिएर गएका थिए ।

‘केही दिनमै मर्मत गरेर फिर्ता गरिदिने भनेर लगिएको गाडी अहिलेसम्म पाएको छैन,’ केसीले गुनासो गरे, ‘सुरुमा नयाँ गाडी दिने भनिएको थियो, तर न त पुरानै बनाएर फिर्ता गरियो, न नयाँ दिइयो ।’

केसीका अनुसार न त बीमाबाट क्षतिपूर्ति लिन दिइएको छ, न गाडी मर्मत नै गरिएको छ। उल्टै गाडी माग्दा कम्पनीका अधिकारीहरूबाट धम्की आउने गरेको आरोप उनले लगाए ।

‘मैले अदालत जाने चेतावनी दिँदा कम्पनीका सिईओले नै भने, हाम्रो १०० वटा मुद्दा छन्, तपाईँको एउटा थपिए के फरक पर्छ र ? यस्तो तानाशाही रवैया देखाएका छन्,’ केसीले भने ।

उनले कम्पनीले कर छली गर्दै गैर कानुनी गतिविधि गरिरहेको आशङ्का पनि व्यक्त गरेका छन् ।एमएडब्लु इन्टरप्राइजेजका मालिक अग्रवाल नेपाल उद्योग परिसंघका पूर्वअध्यक्षसमेत हुन् । कम्पनीले यामाहा स्कुटर, बाइक, जेसीबी, जीप, स्कोडाजस्ता उच्च मूल्यका सवारी साधनहरूको आधिकारिक बिक्रेता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्