Logo
Logo

सशस्त्रको क्यान्टिनमै अनियमितता


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, ६ साउन । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकस्थित क्यान्टिनमा सडेगलेका खानेकुराले कर्मचारीहरु बिरामी पर्न थालेका छन् । विगत केही हप्तादेखि बासी र फोहर खाजा बिक्री हँुदै आएको कर्मचारीको गुनासो छ ।

क्यान्टिनको मःम खाँदा पखाला लागेर तीन दिनसम्म्म बिरामी भएको भन्दै एक हवल्दारले उजुरी दिएका छन् । अर्काेतर्फ अन्यत्र भन्दा खाजा महंगोसमेत रहेको प्रहरीको गुनासो छ । जबकि सस्तो दररेटमा खाजा तथा खाना खुवाउन क्यान्टिनको भाडासमेत नलिने गरिएको छ । क्यान्टिन चलाउने प्रहरी र केही प्रहरी अधिकारीको मिलेमतोमा सशस्त्र मुख्यालयमा क्यान्टिनमै हिनामिना भएको छ । प्रतिस्पर्धात्मक तरिकाबाट राम्रो खुवाउनेलाई भन्दा निकटस्थलाई चलाउन दिएकाले यस्तो समस्या आएको हो ।

‘लकडाउन सुरु भएपछि खाजा खाने ठाउँ पनि छैन त्यसैले बाध्य भएर क्यान्टिन आउनु पर्छ । तर, ‘खाए खा, नखाए घिच’ भनेजस्तो ढंगले क्यान्टिन चलाइएको छ,’ सशस्त्र मुख्यालयका एक प्रहरीले भने । लामो समय हलचोक स्थित पेट्रोल पम्पमा बसेर हल्लिएरै जागिर खाएका र फौजी आचरण समेत नभएका सइ बच्चुराम पुरीले क्यान्टिन चलाएकोले यस्तो भएको कतिपयको बुझाइ छ । संधै सिभिल पोसाक लगाएर जागिर खाने उनी अतिरिक्त आम्दानी हुने जिम्मेवारीमा मात्र खटिने गरेका छन् । केही हाकिमलाइ रिझाएर फाइदा लुट्ने सइ पुरीले कुनै डर नभएका कारण पनि खाजा तथा खानाको गुणस्तरमा ध्यान नदिएर सडेगलेका र बासी खुवाउने गरेको आरोप छ । यसबाट सशस्त्र प्रहरी कर्मचारी हैरान भएका छन् ।

प्रतिक्रिया दिनुहोस्