Logo
Logo

जसपा नेपालको कोशी प्रदेशका ११ पालिकामा नयाँ नेतृत्व निर्वाचित


252
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

प्रचार विभागले कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको जानकारी दिएको छ ।

ओखलढुंगा जिल्लाको, मानेभञ्ज्याङ गाउँपालिकाको अधिवेशनबाट शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । प्रकाश राईको अध्यक्षतामा चिसङ्खुगढी गाउँपालिका र कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय खिजिदेम्बा गाउँ समिति निर्वाचित भएको छ ।

त्यसैगरी नरेश राईको अध्यक्षतामा २८ सदस्यीय भोजपुरको हतुवागढी गाउँ समिति र केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय पाँचथरको फाल्गुनन्द गाउँ समिति निर्वाचित भएको बताइएको छ ।

अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय सोलुखुम्बुको महाकुलुङ गाउँ समिति निर्वाचित भएको छ । योगेन्द साम्पाङ राईको अध्यक्षतामा धनकुटाको सहिदभूमि गाउँ समितिको नयाँ नेतृत्व निर्वाचित भएको छ ।

मोरङको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनसरीको इनरुवा नगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्