
काठमाडौं । जम्मु–कश्मीरमा आतंकवादी हमलामाा परि २६ जना मारिएपछि भारतले त्यस क्षेत्रमा सर्च अभियान चलाएको छ । भातीय सुरक्षा बलले सर्च अभियानका क्रममा आतंककारी भएको आरोप लगााउृँदै ८ जनाको घर भत्काइदिएको छ ।
कुलगाममा आतंककारीको सहयोगी भएको आरोपमा २ जनालाई पक्राउ गरिएको छ भने जम्मु-कश्मीरमा सक्रिय १४ आतंककारी भन्दै सुरक्षा बलले उनीहरुको सूची पनि जारी गरेको छ ।
उता गुजरातमा पनि अवैध रूपमा भारत आएको आरोपमा प्रह्रीले ५०० जनालाई पक्राउ गरेको छ । उनीहरुलाई देश निकाला गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय प्रहरी प्रवक्ताले जम्मू कश्मीरमा आतंकवादलाई ध्वस्त पार्ने उद्देश्यले घरहरु भत्काइएको र आतंकवादी हमलामा संलग्नको खोजी भइरहेको बताएका छन् ।
मंगलबार दिउँसो पहलगाम नजिकै बैसरन घाँसे मैदानमा एक नेपाली सहित २५ पर्यटक र एक स्थानीय कश्मीरी नागरिक पोनी राइड अपरेटरलाई गोली हानी हत्या गरिएको थियो । क्रूर आक्रमणमा कम्तिमा पाँच आतंककारी संलग्न रहेको बताईएको छ । ती आतंकवादीहरुले पीडितहरूलाई उनीहरूको धर्म सोधेको र उनीहरूले हिन्दू भएको बताएपछि गोली हानेको बाँचेकाहरूले बताएका छन् ।
निर्दयी हत्याकाण्डले भारत सहित छिमेकी देशहरुलाई स्तब्ध र आक्रोशित बनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले प्रत्येक आतंकवादी र उनीहरूका मर्थकहरूलाई पहिचान गर्ने, ट्र्याक गर्ने र सजाय दिने बताएका छन् ।











