
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा आज र भोलि (सोमबार) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
शनिबार मेडिकल स्टोरमा आगलागी भएका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले आगलागीका कारण दुई दिन आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिए । शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा) मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।
भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीन÷चार करोड क्षति भएको अनुमान गरिएको अस्पताल प्रशासनको छ ।











