Logo
Logo

सहकारी ठगी प्रकरण : सांसद राईलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै


1.1k
Shares

काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान गरिने भएको छ । शनिबार आफ्नै निवासबाट पक्राउ परेकी राईलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालत उपस्थित गराइँदै छ ।

आइतबार म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।

सांसद राईविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप छ ।
यसअघि यो सहकारी ठगीको मुद्दा अदालत गइसकेकाले सांसद राईलाई पनि सोझै अदालत उपस्थित गराएर म्याद थपेर अनुसन्धान गर्ने तयारी गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले पक्राउ गरेका राईलाई पक्राउ गरेका थिए । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो । तर, सरकारी वकिल कार्यालयले सांसद राईलाई उन्मुक्ति दिंदै मुद्दा दायर गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिइन् । उक्त सहकारी ठगीमा राईसहित पाँच जनालाई उन्मुक्ति दिँदै २१ पुस ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राईसहितका व्यक्तिले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्