काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । एकीकृत समाजवादीले आज पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको हो ।

आजको सचिवालय बैठकमा पछिल्लो राजनीतिक गतिविधि, पार्टीले सुरू गर्न लागेको आन्दोलनलगायत विषयमा छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।











