Logo
Logo

बानेश्वरमा शिक्षक र प्रहरीबीच भडप


945
Shares

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । बिजुली बजार–नयाँ बानेश्वर सडकमा भेला भएर प्रदर्शन गरिरहेका शिक्षकहरुले निषेधित घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

आक्रोशित शिक्षकहरुको एक समूहले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् ।

यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन । सकारण नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्