
काठमाडौं । नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् ।
नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले झडपपछि घाइते भएका शिक्षकहरूको उपचार भइरहेको बताए । बढी चोट लागेका शिक्षकहरूलाई सिभिल हस्पिटल लैजान भनिएको छ भने सामान्य चोट लागेका शिक्षकहरूको आन्दोलनस्थलमै उपचार भइरहेको छ ।
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षकमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो ।
प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए ।











