Logo
Logo

कलम बोक्नुपर्ने शिक्षकको हातमा ढुङ्गा !


3k
Shares

काठमाडौं । २६ औं दिनमा आइपुग्दा शिक्षक आन्दोलन तनावग्रस्त बनेको छ ।

बिजुली बजार– नयाँ बानेश्वर सडकमा भेला भएर आन्दोलन गरिरहेका शिक्षकहरुको एक समूहले निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिती तनावपूर्ण बनेको हो ।

बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेका शिक्षकहरुको एक समूहलाई प्रहरीले पछाडि हट्न अनुरोध ग¥यो ।
तर, आक्रोशित शिक्षकहरुले सडक पेटीका ढुंगा टिप्दै हानेपछि प्रहरीले बल प्रयोग गर्यो भने स्थिती नियन्त्रण गर्न पानीको फोहरा हानेको छ ।
सो क्रममा एक दर्जन बढी शिक्षकहरु घाइते भएको नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्