Logo
Logo

काठमाडौं उपत्यकामा असिनासहित हल्का वर्षा


756
Shares

काठमाडौं । काठमाडौंमा हल्का असिना–पानी परेको छ । पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाडौं उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

फाइल फोटो

बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ । वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने र लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना महाशाखाले जनाएको छ । अहिले काठमाडौं उपत्यका र काभ्रेमा हल्का पानी परिरहेको छ ।
आज देशका पहाडी क्षेत्रका केही ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । हिमाली क्षेत्रका एक÷दुई ठाउँमा हिउँ÷पानी पर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्