
काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले राईलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रहरी परिसरलाई ३ दिनको म्याद दिएको हो ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराध मुद्दामा मुछिएकी उनलाई गएराति प्रहरीले कपनस्थित निवासबाट पक्राउ गरेको थियो ।











