Logo
Logo

शिक्षकमाथि प्रहरीले हान्यो पानीको फोहोरा, ६० जना घाइते


2.3k
Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले आज भएको शिक्षक र प्रहरीबीचको झडपमा ६० जना शिक्षक घाइते भएको जनाएको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले ‘नियोजितरूपमा शिक्षकमाथि गरिएको आक्रमण’मा परी ६० जना घाइते भएको दाबी गरिन् ।

उनले भनिन् ‘म अस्पतालमा छु । हाम्रा ६० जना शिक्षक साथी घाइते भएका छन् । राज्यले नियोजितरूपमा शान्तिपूर्ण आन्दोलन बिथोल्ने प्रयास गर्‍यो । सुरुमा प्रहरीलाई बाहिरको मान्छेले ढुंगा प्रहार गर्‍यो । त्यसपछि माहोल बिथोलियो ।’

नेपाल शिक्षक महासंघले प्रहरीले फोहोरा प्रयोग गरेको कार्यप्रति घोर भर्त्सना गरेको जनाएको छ। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले यो घटनाको महासंघले घोर भर्त्सना गर्ने बताए।

उनले विगत २६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले फोहोरा प्रयोग गरेर शिक्षकहरूलाई घाइते बनाएको बताए ।

देशभरका शिक्षक/कर्मचारीहरू तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

प्रतिक्रिया दिनुहोस्