Logo
Logo

गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दामा सर्वाेच्च अदालतले ‘डिल’ गरिराखेको आरोप लगाएको भन्दै महामन्त्री थापाविरुद्ध अवहेलना मुद्दा दर्ता भएको हो। अधिवक्ताहरु अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कांग्रेस महामन्त्री थापाको अभिव्यक्तिले सर्वोच्चको सम्मानमा आँच पुगेको भन्दै रिट दायर गराएका हुन् ।

संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्चले ‘डिल’ गरिरहेको गगनको आरोपले विचाराधीन मुद्दामाथि हस्तक्षेप गरेको पनि अवहेलना मुद्दामा आरोप लगाइएको छ। लोकतन्त्र दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा गगनले संवैधानिक आयोगका पदाधिकारीहरूलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको आरोप लगाएको रिट निवेदनमा उल्लेख छ ।

रिट निवेदकले गगनलाई हदैसम्मको सजाय माग गरेका छन् । सर्वोच्चको अवहेलना मुद्दामा मंगलबारका लागि पेसी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्