Logo
Logo

शिक्षक आन्दोलनमा प्रहरी दमनको माओवादीद्वारा भर्त्सना


1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले शिक्षकहरूको आन्दोलनमा प्रहरी दमन भएको भन्दै त्यसको भर्त्सना गरेको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेत सुवेदीले शिक्षक आन्दोलनमा प्रहरी दमन भएको भन्दै भर्त्सना गरेकी हुन् ।

सुवेदीले भनिन्, ‘शिक्षकहरूमाथि प्रहरी हस्तक्षेप भएको छ, दमन भएको छ । म यसको घोर भर्त्सना गर्दछु ।’  साथै उनले घाइते शिक्षकको स्वास्थ्य लाभको कामना समेत गरेकी छन् । शिक्षक आन्दोलनमा गरेको हस्तक्षेपको मूल्य सरकारले चुकाउनुपर्ने उनको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्