Logo
Logo

दक्षिणी इरानको बन्दरगाहमा विस्फोट हुँदा २५ जनाको मृत्यु


567
Shares

काठमाडौं । इरानको दक्षिणी क्षेत्र स्थित शाहिद राजाई बन्दरगाहमा शनिवार एक ठुलो विस्फोट र आगलागी भएको छ । जसमा २५ जनाको मृत्यु भएको र ७५० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

विस्फोटको चपेटामा परेको बन्दरगाहले इरानको तेल व्यापार र ढुवानीका लागि महत्त्वपूर्ण भूमिका खेल्छ, र यस घटनाले यहाँको लोडिङ र अनलोडिङ क्षमता ५७ प्रतिशतले नष्ट भएको छ । विस्फोटको केही घण्टापछि, इरानका सुरक्षा बलहरूले आगो नियन्त्रणका लागि हेलिकप्टरमार्फत पानी छर्किएका थिए ।

घटनामा २५ जनाको मृत्यु भएको पुष्टि भएपछि, होर्मोज्गन प्रान्तका गभर्नरले प्रान्तभरि तीन दिनको सार्वजनिक शोकको घोषणा गरेका छन् । 

यो इरानको शाहिद राजाई बन्दरगाहमा भएको पहिलो दुर्घटना होइन । २०२० मा पनि यहाँ ठुलो दुर्घटना भएको थियो । यस अघि, २०२० सेप्टेम्बर महिनामा बेरुत बन्दरगाहमा भएको विस्फोटमा सयौँ टन अमोनियम नाइट्रेटको प्रज्वलन कारण २०० भन्दा बढी जनाको मृत्यु र ६,००० भन्दा बढी जनाको घाइते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्