काठमाडौं । हिमालयन बैंक लिमिटेडले बत्तीसपुतलीस्थित शाखा स्थानान्तरण गरिएको छ ।
बत्तीसपुतलीस्थित शाखा साबिक भवनरस्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नम्बर ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट बैङ्किङ सेवा शुभारम्भ गरिएको हो । वैशाख १४ गतेदेखि उक्त शाखाबाट सम्पूर्ण बैङ्किङ सेवा प्रवाह भएको बैंकले जनाएको छ ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले गरेका थिए । शाखाको शुभारम्भ कार्यक्रममा अन्य उच्चपदस्थ कर्मचारी तथा अतिथिहरूको उपस्थिति थियो ।
हाल बैंकले नेपालभरि १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८४ एटीएम, ८,००० भन्दा बढी पस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रबाट आफ्ना ग्राहकलाई बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।











