Logo
Logo

प्रधानन्यायाधीश राउत बेलायत प्रस्थान


441
Shares

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत बेलायत भ्रमणमा निस्किएका छन् । बेलायत सरकारको निम्तोमा राउत नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

भ्रमण टोलीमा सर्वोच्च अदालतका न्यायाधीश हरि फूयाल, विशेष अदालतका सदस्य रितेन्द्र थापा, उच्च अदालतका न्यायाधीश हेमन्त रावल लगायत छन् । भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध विस्तारका प्रयास पनि हुने सर्वोच्च अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्