Logo
Logo

शिक्षकमाथिको बल प्रयोग सरकारको कुशासन : शेखर कोइराला


2.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनरत शिक्षकका माग पूरा गर्न छोडेर बल प्रयोग गरी सरकारले कुशासनको उदाहरण दिई रहेको बताएका छन् । 

उनले शिक्षकका मागका विषयमा सरकार गम्भीर नबनेकोमा चिन्ता व्यक्त गरेका छन् । कोइरालाले शिक्षकका माग अविलम्ब सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

शिक्षकहरूमा सरकारले बल प्रयोग गरेको दिन आइतबार सामाजिक सञ्जालमार्फत् आफ्नो विचार सार्वजनिक गरेका नेता कोइरालाले यस्तो बताएका हुन् ।

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झन्डै एक महिना भयो । पठन–पाठन र सरकारी भर्ना अभियान ठप्प छ । कक्षा १२ को परीक्षा समेत सरेको छ,’ उनले लेखेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण हो ।’

उनले एक दुई दिनमै समस्या समाधान गरेर पठनपाठन सुचारु गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । ‘अब धेरै ढिला भयो । एक दुई दिनमै समस्या समाधान गरी पठन–पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले लेखेका छन् ।

शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा छन् । २६औँ दिन सरकार र शिक्षकहरूबिच झडप हुँदा थुप्रै शिक्षक घाइते भएका छन् । एक सञ्चारकर्मीसमेत घाइते भएकी छन् ।

प्रतिक्रिया दिनुहोस्