Logo
Logo

तीनकुने घटना : २४ जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति 


567
Shares

काठमाडौं । तीनकुने घटनामा संलग्न आरोपमा पक्राउ परेका २४ जना विरुद्ध अदालतले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।  बिहीबार दुर्गा प्रसाईँ र रविन्द्र मिश्र सहितका प्रतिवादीहरुलाई ३ दिन अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । 

त्यसअघि चैत २६ मा काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । तीनकुनेमा आयोजित पुर्वराजा समर्थकहरुको प्रदर्शनमा अवान्छित गतिविधि गरेको आरोपमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक प्रसाईँ समेतलाई अनुसन्धान गरिरहेको छ । 

सो मुद्दामा अनुसन्धान हुँदाहुँदै क्यान्सरको उपचार गर्ने प्रयोजनार्थ राप्रपाका महामन्त्री धवल शमशेर जबरा रिहा भएका थिए । राज्य विरुद्धको कसुरमा म्याद थप हुनेहरूमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्र राज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् । 

प्रतिक्रिया दिनुहोस्