Logo
Logo

आज सुनचाँदीकै मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


1.2k
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार चार सय रुपैयाँ घटेको हो ।

यसअघि हिजो (आइतबार) एक लाख ८९ हजार सात सय रूपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ८८ हजार तीन सय रूपैयाँ कायम भएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रूपैयाँ घटेर प्रतितोला एक हजार नौ सय ७० मा किनबेच भइरहेको महाासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्