
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् ।
कांग्रेसको उद्योग तथा व्यापार विभागले आयोजना गरेको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकारमा बसेर मात्र नहुने भन्दै परिणाम दिनेगरी काम गर्नुपर्ने बताएका हुन् ।
‘सरकार भनेपछि बस्नका लागि मात्रै बनेको होइन । सरकारले काम गर्नुपर्छ, परिणाम दिनुपर्छ,’ उनले भने, ‘रिजल्ट चाहिन्छ । हामी त रिजल्टमा काम गर्न चाहन्छौं ।’
अहिले एमालेसहित दलहरूसँग कांग्रेस पनि सरकारमा रहेको उल्लेख गर्दै महामन्त्री थापाले यो समीकरणलाई निरन्तरता दिइने पनि बताए ।
‘हामी अहिले नेकपा (एमाले) सँग सरकारमा छौं । तलमाथि पार्दैनौं । यसलाई सहज ढंगबाट अघि बढाउँछौं, तर यो समयको हामी सदुपयोग गर्न चाहन्छौं,’ उनले भने ।











