Logo
Logo

तीनकुने घटना : थप १२ थुनुवा हिरासतमुक्त


882
Shares

काठमाडौं ।  तीनकुनेमा भएको प्रदर्शनमा पक्राउ परेका थप १२ जनालाई प्रहरीले थुनामुक्त गरेको छ ।  बयान सकेर थप एक दर्जन आरोपीहरूलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए ।

हाजिर जमानीमा हिरासत मुक्त गरिए पनि उनीहरूको मुद्दा भने चली नै रहेको छ । यसअघि कोटेश्वर स्थित भाटभटेनीमा लुटपाट र तोडफोडमा संलग्न २१ जनालाई रिहा गरिएको थियो ।

रिहा हुने अधिकांश आपराधिक उपद्रव कसुरमा म्याद थप गरेर अनुसन्धान गरिएकाहरू छन् । राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेका डा. धवल शमशेर जबरा पनि यसअघि हाजिर जमानीमा रिहा भएका थिए । पटक पटक गरेर अहिलेसम्म ३३ जना हाजिर जमानीमा छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्