Logo
Logo

शिक्षकसँग शीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधान निकाल्न बारको अपिल 


441
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले पेशागत लगायतका माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघसँग शीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न अपिल गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै बारले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायातलगायत दैनिक जन–जीवन प्रभावित भई जनजीवन कष्टकर भएको र पठनपाठन नभई विद्यार्थीहरूको संविधान प्रदत्त शिक्षा सम्बन्धी हकहरूको हनन भई निर्धारित परीक्षाहरू समेत अवरुद्ध भएकाले समाधानको पहल गर्न अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,  ‘सम्मानित सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र देखिएका समस्याहरूका बारेमा शीघ्रातिशीघ्र वार्ता गरी उचित र न्यायपूर्ण समाधानका लागि पहल गर्न सङ्घीय संसद्, नेपाल सरकार र नेपाल शिक्षक महासङ्घ लगायत सम्बन्धित सबै सरोकारवाला पक्षहरूलाई नेपाल बार एशोसिएशन हार्दिक अपिल गर्दछ । ’ 

बारले वैशाख १४ गते भएको दिन दोहोरो झडपमा पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरू घाइते भएको घटनाप्रति दुःख व्यक्त आफ्ना माग पूरा गर्न संविधान प्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गर्न र आन्दोलनमा बल प्रयोग नगर्न नगराउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्