काठमाडौं, ६ साउन ।
सोमबारको मन्त्रिपरिषद्को बैठकले सचिवहरुको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको रिक्त पदमा हरिप्रसाद बस्यालको सरुवा भएको छ । उनी यसअघि गण्डकी प्रदेशको प्रमुख सचिव थिए ।
त्यस्तै श्रम मन्त्रालयमा तोयम रायलाई सरुवा गरिएको छ । उनी बाग्मती प्रदेशको प्रमुख सचिव थिए । युवा तथा खेलकुद मन्त्रालयका राम प्रसाद थपलिया शिक्षा मन्त्रालयमा सरुवा भएका छन् । गण्डकी प्रदेशको प्रमुख सचिवमा विष्णु प्रसाद नेपाल तथा बागमती प्रदेशको प्रमुख सचिवमा मानबहादुर बिकलाई जिम्मेवारी दिइएको छ ।