Logo
Logo

जनमतले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक


315
Shares

काठमाडौं । जनमत पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग पार्टी एकताको तयारीमा रहेको जनमतले आज साँझ ६ बजे बस्नेगरी बैठक बोलाएको हो ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार जनमत र नाउपाबीच भोलि काठमाडौंमा पार्टी एकता घोषणा सभा हुँदैछ । बुधबार बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा एकीकरण घोषणा हुनेछ ।

केही समयदेखि पार्टी एकीकरणको प्रयास गरिरहेका दुई दलले त्यसलाई भोलि १७ गते औपचारिकता दिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्