Logo
Logo

घरायसी विवादमा दाउरा प्रहार गरी श्रीमतीको हत्या


504
Shares

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा एक व्यक्तिले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

पर्वतको जलजला गाउँपालिका–३ पारिबेनी घर भई हाल मङ्गलाघाटको आरनटोलका राजु विकले आज बिहान दाउराले हान्दा श्रीमती २७ वर्षीय भगवती विकको मृत्यु भएको हो ।

घरायसी विषयमा विवाद हुँदा राजुले टाउकोमा दाउरा प्रहार गरेका भगवतीको घटनास्थलमै मृत्यु भएको थियो । मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।

घटनापछि फरार भएका राजुलाई बेनी नगरपालिका–२ को ज्यामरुककोट सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्