Logo
Logo

सरकार गैरजिम्मेवार बन्यो- विपक्षी दल


315
Shares

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको तर्फबाट बोल्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले
आफूहरूले आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदा छलफलका लागि ध्यानाकर्षण गराइएको भएपनि आज कार्यसूचीमा नराखेको भन्दै असन्तुष्टि जनाए । हिजो विपक्षी ५ दलले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए ।

आजको बैठकमा उक्त प्रस्ताव कार्यसूचीमै नराखिएपछि असन्तुष्टि जनाउँदै उनले सरकार संसदप्रति जबाफदेही हुनुपर्ने बताए ।

उनले भने, ‘हामीले सभामुखसँग कुरा गर्दा सरकारको तर्फबाट मन्त्रीज्यूहरूले समय दिन नसक्ने भएपछि नराखेको भन्ने जवाफ पायौँ । लाग्यो संसदप्रति सरकार कति गैरजिम्मेवार छ । आम जनताको समस्याप्रति र एकातर्फ सडक संघर्ष भइरहेको छ । तर सरकार गैरजिम्मेवार बन्दै गइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्