Logo
Logo

शिक्षकहरू भन्छन् : जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ


567
Shares

काठमाडौं । २८ दिनदेखि आन्दोलन शिक्षकहरूले निषेधित क्षेत्र तोड्न प्रयास गरेका छन् । आज नयाँ बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र शिक्षकहरू तोड्न खोजेका हुन् ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोज्दा सुरक्षाकर्मीहरूले रोकेका थिए ।  उक्त बेला प्रहरी र शिक्षकबिच धकेलाधकेल समेत भएको छ । उनीहरूले भनेका छन्,‘बरु जागिर छोडिन्छ, निषेधाज्ञा तोडिन्छ।’

देशभरका शिक्षक कर्मचारीहरूले चैत २० गतेदेखि शिक्षा विधेयक जारी गर्नुपर्ने माग राख्दै  गरेको काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।

आन्दोलनरत शिक्षक र सरकारबिच आज पनि वार्ता हुने भएको छ । सोमबार रातिसम्म भएको छलफल सहमतिमा पुग्न नसकेपछि आज पनि शिक्षक र शिक्षा मन्त्रालयबिच पुनः वार्ता हुने भएको हो ।

वार्ता दिउँसो ३ बजे हुने शिक्षामन्त्री रघुजी पन्तको सचिवालयले जानकारी दिएको छ । शिक्षकहरूसँगको वार्ता सहमतिको नजिक पुगेको तथा आज, भोलिसम्म सहमति गर्ने तयारी रहेको सचिवालयले जनाएको छ ।

हिजो राति भएको छलफलको विषयमा शिक्षकहरूले आन्तरिक छलफल गरेपछि वार्तामा आउने बताएको जानकारी दिएको पनि शिक्षामन्त्रीको सचिवालयले जनाएको छ । शिक्षकको माग पुरा गर्न ८ अर्ब बढी रकम खर्च हुने विषयमा सरकार सहमत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्