Logo
Logo

गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकियो


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दाको प्रारम्भिक सुनुवाइ सकिएको छ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा अधिवक्तात्रय विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आज निवेदकको तर्फबाट बहस गरेका हुन् । उनीहरूले आइतबार सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए ।

थापाले बिहीबार आयोगका पदाधिकारीहरूको कार्यकाल सकिन लाग्दा पनि ५२ संवैधानिक नियुक्ति मुद्दाको टुङ्गो नलगाई सर्वोच्चले डिल गरेको अभिव्यक्ति दिएका थिए ।

अधिवक्ताहरू अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कांग्रेस महामन्त्री थापाको अभिव्यक्तिले सम्मानित अदालतको सम्मानमा आँच आउने काम भएको र अदालतको मर्यादालाई होच्याउने कार्य भएको आरोप लगाउँदै सर्वोच्च अदालतमा निवेदन दिएका थिए 

प्रतिक्रिया दिनुहोस्