काठमाडौं । मङ्गलवार सेयर बजारको परिसूचक नेप्से १५.०८ अङ्कले ओरालो लागको छ । बजार आज ओरालो लागेसँगै २६३१ अङ्कमा झरेको छ । बजार आज दोहोरो अङ्कले ओरालो लागेको हो । अघिल्लो दिन ८ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५७ करोडको भयो ।

५७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्यो । मङ्गलवार सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै १.२२ प्रतिशत घट्यो । बैङ्किङ ०.५७, विकास बैङ्क ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशत घटे ।
मङ्गलवार दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको ९, राधि विद्युतको ७ तथा कर्पोरेट डेभलपमेन्टको ६.६ प्रतिशत मूल्य बढ्यो ।
मध्यभोटेकोशी जलविद्युतकव् मूल्य ९.८ प्रतिशत घट्यो । मङ्गलवार ग्रिन डेभलपमेन्टको ७.७, सिन्धु विकास बैंकको ६.६ तथा ग्रिनलाइफ हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर, ङादी ग्रुप, राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर र एचआईडीसीएल क्रमशः अगाडि रहे । बजारको पुँजीकरण ४३ खर्ब ७६ अर्बमा झरेको छ ।











