Logo
Logo

राउटे समुदायका अगुवा सूर्यनारायण शाहीको निधन


1.1k
Shares

काठमाडौं । जङ्गलमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको निधन भएको छ । सोमबार राति साढे ९ बजेतिर र्यनारायण शाहीको निधन भएको हो । 

अत्यधिक मदिरा सेवनका कारण उनको निधन भएको हो । सूर्यनारायण २०७२ जेठमा मुखिया बनेका थिए । राउटे समुदाय अहिले दुई ठाउँमा छुट्टिएर बस्दै आएको छ । उनी एउटा समूहको नेतृत्व गर्दै बराहताल गाउयँपालिका–८ सुर्खेतको सोतखोलामा बस्दै आएका थिए । अर्को समूह भने दुई मुखियासहित वीरेन्द्रनगर–१३ को करेखोलामा बस्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्