Logo
Logo

सुन तोलाको ५०० ले बढ्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ साउन । नेपाली बजारमा बिहीबार फेरि सुनको मूल्य बृद्धि भएको छ । प्रतितोला रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ६५ निर्धारण गरेको छ ।
बुधबार एकै दिन सुनको मूल्य प्रतितोला रु एक हजार ३०० ले बढेको थियो । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५६० तोकिएको थियो । यस्तै चाँदीको मूल्यपनि प्रतितोला रु १० ले वृद्धि भएर एक हजार १४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्