Logo
Logo

समयअगावै पुनर्निर्माण भए दुई स्वास्थ्य चौकी


- दृष्टि न्युज/संवाददाता

0
Shares

कास्की, ९ साउन । कास्कीमा दुईवटा स्वास्थ्य चौकी भवन निर्माण गरिरहेको कम्पनीले सम्झौता अवधिअगावै पुनर्निर्माण सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ । पोखरा महानगरपालिका–२६ स्थित राखी स्वास्थ्य चौकी र सोही महानगरपालिका–१९ स्थित लामाचौर स्वास्थ्य चौकीकाे भवन समयअगावै पुनर्निर्माण भएका हुन् ।


जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीका आयोजना प्रमुख उमेश चौधरीले गत बर्षको असार २७ मा १५ महिने निर्माण अवधि राखी ठेक्का सम्झौता भएकोमा तीन महिना अगावै ती स्वास्थ्य चौकी निर्माण सम्पन्न भएर हस्तान्तरण भएको बताउनुभयो ।

न्यू ड्रागन–बि.जि. कन्ट्रक्सन ज्वाइन्ट भेन्चरले ती दुई भवन भ्याट बाहेक ३ करोड १९ लाख ४९ हजारमा निर्माण गरेको हो । निर्माण कम्पनीले लामाचौर स्वास्थ्य चौकी असार २६ गते हस्तान्तरण गरेको छ भने राखी स्वास्थ्य चौकी त्यसअघि असार १० गते हस्तान्तरण गरेको थियो । समयअगावै निर्माण सम्पन्न गरेकोले निर्माण कम्पनीले नियमानुसार बोनस पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्