Logo
Logo

नेकपाभित्र बढ्यो विवाद, ओलीकै निर्देशनमा एमाले दर्ता भएको प्रचण्डको आरोप


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ साउन ।
नेकपाभित्र सार्वजनिक रुपमै आरोप–प्रत्यारोप सुरु भएको छ । अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक मञ्चमै आलोचना गरेका छन् ।


पुष्पलाल स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले ओलीकै निर्देशना नेकपा एमाले दर्ता भएको आरोप लगाए । तत्कालीन एमाले निकट युवाहरुले गत महिना नेकपा(एमाले)ं दर्ता गरेका थिए । पार्टीभित्र विवाद बढेका बेला त्यसरी दल दर्ता भएको थियो । आफुलाई हटाए ओलीले पार्टी फुटाएर नेकपा एमाले गठन गर्न लागेको आँकलन गरिएको थियो । प्रचण्डले समेत ओलीकै सक्रियतामा सो दल दर्ता भएको बताएका छन् ।
पार्टीभित्र बैठक बसाउन पनि ठूलो महाभारतको अवस्था आएको उनको भनाई छ । स्थायी कमिटी बैठक पटक पटक सर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्