काठमाडौं, ११ साउन ।
श्रीमती हत्या अपराधमा सशस्त्र प्रहरी बलका पूर्व डिआईजी रञ्जन कोइरालाको कैद कटौती गर्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको फैसला उपर सर्वाेच्चमा पुन सुनुवाई हुने भएको छ ।
सर्वाैच्चको न्यायधीशरु बमबहादुर श्रेष्ठ, प्रकाश ढुंगाना र कुमार रेग्मीको इजलालशे पुनः सुनुवाईका लागि अनुमति दिएको हो ।
रञ्जनलाई जन्मकैदको सजाय भएकोमा साढे ८ वर्ष पर्याप्त हुने भनेर गत १५ असारमा फैसला भएको थियो । त्यसउपर महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकन निवेदन दिएकोमा सर्वाैच्चले पुन सुनुवाई गर्ने निर्णय गरेको हो ।