Logo
Logo

रोटरीमा मिडिया बहस


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ साउन । देशभरि क्रियाशील रोटरी क्लबहरुले आ–आफ्नो क्षेत्रमा राम्रो काम गरेको छ । कोरोना भाइरसको संक्रमणबाट व्यक्ति, परिवार र समाजलाई जोगाउन सचेतनामूलक कार्यक्रम, माक्स, स्यानिटाइजर वितरणदेखि लिएर गरिब, मजदुर, श्रमिक परिवारलाई खाना खुवाउनेदेखि लिएर राहत वितरणको कामसमेत गरेको छ । तर पनि रोटरी मिडियासँग जोडिन नसक्दा यसले गरेका राम्रा कामहरु प्रचार हुन सकेको छैन । मिडियासँग रोटरीलाई कसरी जोड्ने भन्ने विषयमा हरेक रोटरी क्लबले मिडिया पोलिसी बनाउनुपर्ने कुरामा डिष्ट्रिक गभर्नर राजीव पोखरेलले जोड दिनुभयो ।

डिष्ट्रिक गभर्नर राजीव पोखरेल

पब्लिक इमेज कमिटीले मंगलबार बिहान आयोजना गरेको ‘जुम मिटिङ’मा गभर्नर पराजुलीले भन्नुभयो, ‘हामी रोटरियनहरुले समाज र समुदायमा जति राम्रो काम गरे पनि त्यसको प्रचार प्रसार हुन सकेन भने रोटरी के हो र रोटरीले के गर्दैछ भन्ने कुरासमुदायले बुझ्दैनन् । रोटरीलाई चिनाउने भनेकै यसले गर्ने सामाजिक कामले हो ।’ तसर्थ, मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण छ ।

त्यसैले हामीले गरेका राम्रा कामहरुलाई स्थानीय मिडियाको माध्यमबाट प्रभावकारीरुपमा प्रचार प्रसार गर्नुपर्छ । अझ स्थानीय तहमा स्थानीय भाषाको सञ्चार माध्यमबाट हाम्रा कुरा समुदायमा पु¥याउन सकियो भने रोटरीप्रति स्थानीयको आत्मीयता बढ्छ । रोटरीले गर्ने हरेक काममा स्थानीय जनसहभागिता बढ्छ । त्यसैले अब हामीले योजनावद्ध ढंगबाट निरन्तर आफूले गरेका राम्रा कामलाई मिडियासँग जोड्नुपर्छ, गभर्नर पोखरेलले भन्नुभयो ।

डिस्ट्रिक गभर्नर पोखरेलले भन्नुभयो, ‘मिडियामा रोटरीका बारेमा समाचार आउनु ठूलो कुरा होइन, त्यो समाचारले समाज र समुदायमा कस्तो सन्देश प्रवाह ग¥यो भन्ने ठूलो कुरा हो । त्यसैले देशैभरिका रोटरी क्लबहरुले स्थानीय मिडियाका सञ्चालक, श्रमजीवी पत्रकारहरुसँग अन्तक्र्रिया गरेर ठोस नीति बनाउनुपर्छ ।’ यस कार्यमा ढिलाइ गर्नु हुँदैन । साउन महिनाभित्रै देशभरिका रोटरी क्लबले मिडिया रणनीति बनाएर अगाडि बढ्न सके त्यसले रोटरीको पब्लिक इमेज उच्च हुन्छ, उहाँले जोड दिँदै भन्नुभयो ।

रोटरियन भरतकुमार श्रेष्ठको संयोजनमा आयोजित अन्तक्र्रियामा पब्लिक इमेजका चियर रवि बराल, डिस्ट्रिक सेक्रेटरी सुशील रिजाल, रोटरियनहरु जेनी वैद्य, सुरेश सेन ठकुरी, जयराम सिग्देल, शम्भु श्रेष्ठ र सुनिल शाक्यले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्