Logo
Logo

अवार्डको आम्दानी सामाजिक सेवामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

  • नन्दा थापा

बाजुरा, १३ साउन । पत्रकार प्रकाश सिंहले जुन क्षेत्रमा अवार्ड पाए, त्यसै क्षेत्रमा खर्च गरेका छन् । पत्रकार सिंहले पोषण क्षेत्रबाट पाएको पुरस्कारले कुपोषितकै लागि खर्च गरेका हुन् । दि हिमालयन टाईम्स बाजुरा संवाददाता सिहंले गतवर्ष नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)द्वारा स्थापित सामुदायिक पत्रकारिता पुरस्कार प्राप्त गरेका थिए । उक्त रकमको ५ सय अमेरिकी डलर बिपन्नलाई सहयोग गरेका छन् ।


अवार्ड पाएको बेला सिंहले अलपत्र परेका, कुपोषित तथा उपचार नपाएका बालबालिकालाई सहयोग गर्ने घोषण गरेका थिए । सोही बाचा अनुसार कुपोषणको शिकार भएका उपचार नपाएका बालबालिकालाई आर्थिक सहयोग गरेको उनले बताए । कुपोषित बालबालिकाको कथा लेखेर उनले उक्त पुरुस्कार पाएका थिए ।
उनले पाएको रकमले बुढिन्नदा–१ का पुर्वा दमाईको कुपोषित छोराको उपचारमा सहयोग गरेका छन् । कुपोषितले थलिएको उनको २ महिनाको छोरालाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार नभएपछि रिफर गरेको थियो ।
त्यस्तै जगन्नाथ गाँउपालिका ५ का पुल्ति रावलको बच्चा पाएको ४ घण्टामै मृत्यु भएको थियो । उनको नवशिशुसहित ४ नाबालक छोरा–छोरी अलपत्र परेपछि उक्त बच्चालाई एक महिनासम्म दुध, अन्य भाइबहिनीलाई लुगा कपडा र खाद्यन्नको सिंहले सहयोग गरेका हुन् ।
पत्रकार सिहंले भने, ‘हुन त मैले पुरुस्कार पाएँ भन्दा बढी रकम सहयोग गरेको छु, त्यो अवार्डको सबै रकम भने तीन परिवारका बालबालिकालाई सहयोग गरिसकेको छु ।’
पत्रकार महासंघ बाजुरा शाखाको अध्यक्षसमेत भएका सिंहले बिगतमा पनि यस्तै पुरस्कारको रकम सामाजिक सेवामा खर्च गर्दै आएका छन् । उनले ३ बर्षमा मात्र भत्ताबापतको रकम ५८ हजार ५ सय असाहयलाई सहयोग गरेका छन् ।
बाजुराका ग्रामिण क्षेत्रका आर्थिक अभावमा उपचार नपाएर अलपत्र परेका १८ जना बिरामी र अन्य अलपत्र परेका असाहयका लागि सहयोग वापत ६० लाख बढि रकम संकलन गरी हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्