Logo
Logo

प्रदेश प्रहरी प्रमुखमा एआईजी राख्नुपर्ने प्रदेश सरकारको अडान


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ साउन ।
प्रदेशको प्रहरी प्रमुखमा एआईजी नै राख्नुपर्ने माग प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुले दोहो¥याएका छन् । आइतबार र सोमबार गृह मन्त्रालयमा भएको छलफलमा उनीहरुले एआईजी नै खटाउन माग गरेका हुन् ।


‘प्रदेश प्रहरी प्रमुखमा एआईजी नै हुनुपर्छ भन्ने सबै प्रदेशको माग छ,’ बागमती प्रदेशमा आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले भने,‘उहाँहरुले पछि हेरौंला भन्नु भएको छ ।’
नेपाल प्रहरीले पनि प्रदेश प्रहरी प्रमुखमा एआईजी नै राख्न जोड गरेको थियो । तर, निजामती प्रशासनका उच्च अधिकारीको दबाबमा डिआईजी राखिएको स्रोत बताउँछ । प्रदेश मन्त्रालयमा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी हुने तर प्रहरी प्रमुख चाँही बिशिष्ट श्रेणीको राख्दा समस्या हुने उनीहरुको दाबी छ । गत १० गते बसेको गृहमन्त्री र आन्तरिक मामिला मन्त्रीहरुको बैठकमा पनि सातै प्रदेशमा मन्त्रीले एआईजी नै खटाउन माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्