Logo
Logo

सेनाले दिएका कमजोर इन्सास राइफल सशस्त्र प्रहरीले शान्ति मिसनमा पठाइने


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडाै,‌ १५ साउन ।
सेनाबाट प्राप्त गरेको इन्सास राइफल सशस्त्र प्रहरी बलले राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने भएको छ । हाल सशस्त्र प्रहरीले एएलआर प्रयोग गर्दै आएको छ । जून अन्तर्राष्ट्रिय मापदण्डविपरीतको हतियार भएको भन्दै संयुक्त राष्ट्र संघले वर्षाैदेखि कम घातक हतियार प्रयोग गर्न दबाब दिदै आएको थियो ।

एसएलआरमा ७.६२ क्यालिबरको गोली लाग्दछ भने इन्सासमा ५.५६ क्यालिबरको छ । तर, इन्सास कमजोर हतियार मानिन्छ । द्वन्द्वको बेलामा पनि हतियारको कमजोरीले पनि समस्या भएको थियो । यही कमजोर हतियार सशस्त्र प्रहरीले शान्ति मिसनमा पठाउन लागेको छ । जून जोखिमयुक्त हुनसक्छ ।

सशस्त्र प्रहरीको दक्षिण सुडानमा दुई वटा एफपियू मिसन छन् । जहाँ तीन सय २० जना कार्यरत छन् । सेनाबाट प्राप्त हतियारमध्ये धेरै जसो मिसनमा पठाइने र केही मिसनमा जाने प्रहरीलाई तालिम गर्न प्रयोग गरिने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।
स्थापना भएयता सशस्त्र प्रहरीले हालसम्म ठूला हतियार खरिद गरेको छैन । स्थापनाको बेला सेना र नेपाल प्रहरीबाट सरकारले उसलाई हतियार उपलब्ध गराएको थियो । अन्य सुरक्षा ठूला अधिकार किन्दा सेनाको सहमति चाहिने मापदण्ड सरकारले लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्