Logo
Logo

गृह मन्त्रालयको प्रवक्तामा चक्रबहादुर बुढा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १८ साउन ।
गृह मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिएको छ । यसअघि प्रवक्ता रहेका केदारनाथ शर्माको गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएपछि बुढलाई सो जिम्मेवारी दिइएको थियो ।


उनी गृहका अनुभवी व्यक्ति हुन् । शक्ति बहादुर बस्नेत गृहमन्त्री हुँदा उनी गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुख थिए । त्यस्तै विभिन्न जिल्लामा उनले सिडिओ भएर काम गरेका छन् । पछिल्लो समय गृहमै योजना महाशाखामा थिए । गृहको प्रवक्ताले शान्ति सुरक्षा तथा समन्वय महाशाखाको समेत जिम्मेवारी सम्हाले भएकाले शक्तिशाली पद मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्