काठमाडौं, १८ साउन ।
तीन दिनको अन्तरालपछि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल सुरु भएको छ । बालुवाटारमा नेताबीच छलफल सुरु भएको हो ।
ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपछि गत साता प्रचण्डको अध्यक्षतामा स्थायी समिती बैठक बसेको थियो । त्यसयता दुई नेताबीच भेट भएको थिएन । पार्टीभित्रको विवाद मिलाउन दुई नेताबीच आज फेरि छलफल सुरु भएको छ ।