सिन्धुपाल्चोक, १८ साउन । छिमेकी मूलुक चीनस्थित न्यालमा जिल्लाको केरुङ च्छो ताल फुट्ने जोखिम कायमै रहेको छ । ताल फुटेमा भोटेकोशी तटिय क्षेत्रमा क्षति पु¥याउनसक्ने भएकाले सचेत रहन जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको छ ।
तिब्बत क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण ताल फुट्ने सम्भावना बढेर गएको हो । शनिबार राति पनि भोटेकोशी नदीको बहाव बढेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनले भने, ‘शनिबार पनि भोटेकोशीको बहाव बढेको थियो, तर ताल फुटेको हल्ला मात्रै हो, जोखिम उत्तिकै छ ।’ उनले भोटेकोशी तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको बताए ।
तातोपानीलगायत सबै पोष्टका प्रहरीलाई नदीको पानीको बहाव निगरानी गर्न निर्देशन दिइएको छ । यसअघि पनि न्यालम क्षेत्रमा अत्याधिक वर्षापछि ताल फुट्नसक्ने जानकारी आएको थियो । भोटेकोशी तटिय क्षेत्रमा जोखिमपूर्व सूचना प्रणाली राख्न माग भइरहेको छ । सूचना प्रणाली राख्नका लागि जिल्ला प्रशासनले परराष्ट्र मन्त्रालयलाई यसअघि नै पत्र काटिसकेको छ ।