काठमाडौं, २० साउन । कोरोना संक्रमण र लकडाउनको कारण एकातिर मुलुकको अर्थतन्त्र डाँवाडोल छ । अर्कोतर्फ, लकडाउन खुकुलो बनाएपनि आमनागरिकको दैनिकीमा सुधार आएको छैन । बजार र अर्थतन्त्र चलायमान हुन सकेको छैन । कोरोना महामारी झन् बढ्दो अवस्थामा रहेकाले लगानीको क्षेत्र साँघुरिएको छ । कोरोनाबाट विश्व नै आक्रान्त भएकाले सुनमा लगानी गर्नेहरू बढेका हुन् । यसबाट नेपालमा समेत सुनको भाउ ह्वात्तै बढेको छ । लकडाउनअघि ७७ हजार रूपैयाँ प्रतितोला कायम रहेको सुनको भाउ बढेर आइतबार एक लाख रूपैयाँको नजिक पुगेको छ ।
दुई वर्ष अघिसम्म विश्वमा सुनको उत्पादन उच्च विन्दूमा पुगेको थियो । सन् २०२० को मध्यसम्म आइपुग्दा सुनको उत्पादन झण्डै २५ प्रतिशतले घट्यो । यसले पनि पछिल्लो दुई वर्षमा लगानीको निम्ति सुन प्राथमिकताको क्षेत्रमा नपरेको पुष्टि हुन्छ । यसबीचमा संसारलाई नै चुनौती दिएको कोरोना महामारीका कारण सुनमा लगानी गर्नेको संख्या बढेसँगै उत्पादनमा कमी आउँदा सुनको मूल्यमा नसोचेको उकालो देखिएको हो ।
बजार अर्थतन्त्रको सुरुवातदेखि नै सुनलाई लगानीको उत्तम क्षेत्र मानिँदै आएको छ । विश्वमा हुने युद्ध, महामारी र आर्थिक मन्दीको समयमा लगानीकर्ताले सुनलाई नै सुरक्षित लगानीको क्षेत्र ठान्दै आएकाले अहिले सुनको भाउ बढेको हो । यतिखेर एकाध मुलुक बाहेक विश्वका अधिकांश देशको अर्थतन्त्र संकटोन्मुख छ ।
विश्व बजारमा सुनको भाउ बढेकाले हाम्रो बजारमा त्यसको असर परेको विश्लेषकहरू बताउँछन् । संकीर्ण सोचका अर्थमन्त्री, एकलकाटे ओली सरकार र सत्तारुढ नेकपामा देखिएको किचलोले हाम्रो पूँजी बजारलाई साँघुरो बनाएको छ । यसले समेत नेपाली बजारमा सुनको भाउ बढाउन थोरै योगदान पुर्याएको छ ।
पछिल्लो समयमा विश्व बजारमा सुनको भाउ लगातार बढिरहेको छ । सुन बिक्री गर्नेभन्दा खरिद गर्नेको संख्या अधिक छ । तर, हाम्रो बजारमा खरिद गर्नेको तुलनामा बिक्री गर्नेको संख्या बढेको छ । नेपाली अर्थतन्त्र र सुन बजार तुलनात्मक रूपमा सानो भएकाले यतिखेर सुन बिक्री गर्नेको संख्या बढेको छ । तर, बजारमा खरिदको सम्भावना नै देखिएको छैन ।
दुई वर्ष अघिसम्म विश्वमा सुनको उत्पादन उच्च विन्दूमा पुगेको थियो । सन् २०२० को मध्यसम्म आइपुग्दा सुनको उत्पादन झण्डै २५ प्रतिशतले घट्यो । यसले पनि पछिल्लो दुई वर्षमा लगानीको निम्ति सुन प्राथमिकताको क्षेत्रमा नपरेको पुष्टि हुन्छ । यसबीचमा संसारलाई नै चुनौती दिएको कोरोना महामारीका कारण सुनमा लगानी गर्नेको संख्या बढेसँगै उत्पादनमा कमी आउँदा सुनको मूल्यमा नसोचेको उकालो देखिएको हो ।
प्राप्त तथ्याङ्अनुसार दुई वर्ष अघिसम्म सुनको उत्पादन वार्षिक ४ हजार ५ सय टन थियो । पछिल्लो दुई वर्षमा त्यो घटेर जुन महिना सम्ममा आइपुग्दा ३ हजार ५ सय टनमा झरेको छ । कोरोनाको कारण सुनलाई लगानीको सबैभन्दा सुरक्षित क्षेत्र मानेपछि विश्व बजारमा यसको माग अधिक हुन थाल्यो । तर, उत्पादन झण्डै २५ प्रतिशतले घटेपछि सुनको भाउ अहिलेसम्म नसोचेको विन्दूमा पुगेको हो । त्यस्तै, चीन र अमेरिकाबीच देखिएको कुटनीतिक र व्यापारिक विवाद तथा हङ्कङ्गको विषयले पनि विश्व बजार प्रभावित बनेको छ । लगानीकर्ताको लागि स्वर्णिम भूमिको रूपमा रहेको हङ्कङ्गको भविश्यमाथि पश्चिमा राष्ट्रले प्रश्नचिन्ह उठाएपछि विश्वका लगानीकर्ताले सुनलाई रोजे र यसले पनि भाउ बढाउन मद्दत पुर्याएको हो ।
कोरोना महामारीका कारण अहिले विश्वमै पेट्रोलियम पदार्थको मागमा सर्वाधिक कमी आएको छ । महामारीले सेयर र कमोडिटी बजारलाई पनि असुरक्षित बनाएको छ । यस्तो अवस्थामा रातारात कमाउने उद्देश्य राखेका ठूला व्यापारी तथा लगानीकर्ताहरूले सुनलाई सुरक्षित क्षेत्र बनाएपछि यसको मूल्य अस्वाभाविक ढंगले बढेको हो । यसबीचमा विश्वका प्रभावशाली मुलुकका केन्द्रीय बैंकहरूले ब्याजदर घटाएको कारण डलरमा भइरहेको लगानी घटेको छ । घट्दो ब्याजदरका कारण बण्ड र सेयर बजारमा समेत असर परेपछि लगानीको क्षेत्र परिवर्तन भएर सुन सबैको रोजाईमा परेको कारण यसको भाउ एकाएक बढ्न पुगेको हो ।
चाडबाडको समय शुरु हुँदा पनि नेपाली बजारमा भने सुनको खरिद बिक्री बढ्नुको सट्टा घटेको छ । कोरोना अघि सामान्य अवस्थामा नेपाली बजारमा दैनिक २५ देखि ३० किलो सुनको खपत हुन्थ्यो । अहिले त्यसको एक दशांस अंशको पनि खरिद बिक्री छैन । गत आर्थिक वर्षमा झण्डै ३२ अर्ब रूपैयाँ बराबरको सुन आयात भएपनि केही महिनादेखि सुनको कारोबार ठप्प छ । अहिले बैंकहरूले विदेशबाट आयात गरेको सुनको मौज्दात ३ सय २० किलो भन्दाबढी छ । राष्ट्र बैंकले लकडाउन अघि २० किलो सुन आयात गर्न पाइने व्यवस्थालाई घटाएर १० किलोमा झारेको छ ।